कांग्रेस नेता चक्र बास्तोलाको अवस्था गम्भीर
वि.सं.२०७५ असोज २७ शनिवार २२:२१
shares

नेपाली कांग्रेसका नेता चक्रप्रसाद बास्ताेलाकाे अवस्था गम्भीर भएकाे छ । बास्ताेलाका सहयाेगी राधाकृष्ण बास्ताेलाले दिएकाे जानकारी अनुसार उनकाे अवस्था नाजुक बन्दै गएपछि अस्पतालले परिवारलार्इ घर लैजान भनेकाे छ ।
राधाकृष्णले भने, ‘अस्पतालले स्वास्थ्य अवस्था नसुध्रिने जानकारी गराउँदै घर लैजान भनेकाे हाे, त्यसपछि उहाँलार्इ घर लगिएकाे छ ।’
०६९ साल पुस १४ गते मोरङको विराटनगरमा ‘बन्धु’ भेलालाई सम्बोधन गर्दा गर्दै लडेका थिए । त्यतिबेला बास्तोलालाई मस्तिष्कघात भएको थियो । बास्तोला ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका थिए ।
(क्षमायाचना : बास्ताेलाकाे अवस्थासम्बन्धी यसअघि प्रकाशित समाचारप्रति क्षमाप्रार्थी छाैं । )

























