हुण्डाईको फ्री चेक अप क्याम्प सुरु, कहाँ-कहाँ छ ?
वि.सं.२०७५ असोज २९ सोमवार १७:५७
shares

नेपालका लागि हुण्डाई गाडीको एकमात्र अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुण्डाई हाइवे एसुरेन्स’ योजना ल्याएको छ । दसैंलक्षित योजनाअन्तर्गत कम्पनीले हुण्डाई गाडीका लागि फ्री चेक अप क्याप आयोजना गरेको छ ।
कार्यक्रमअन्तर्गत कम्पनीले ग्राहकका लागि राजमार्गका विभिन्न स्थानमा हुण्डाई गाडीको फ्री चेक अप क्याप स्थापना गरेको छ । परिवार तथा इस्टमित्रसँग वडा दसैं मनाउन हुण्डाई गाडीमा घर फर्कंदै गरेका ग्राहकलाई लक्षित गरी यो कार्यक्रममको आयोजना गरिएको कम्पनीले जनाएको छ ।
फ्री चेक अप क्यापमा ग्राहकले हुण्डाई गाडीको फ्री चेक अप गराउनुका साथै आवश्यक लुब्रिक्यान्ट कुल्यान्टको मात्रा कम भएमा कम्पनीले निःशुल्क थप गरिदिने व्यवस्था पनि गरेको छ ।
यो योजनाअन्तर्गत कम्पनीले राजमार्गका बिर्तामोड (काँकरभिट्टा रोड), इटहरी (मिलनचोक), जनकपुर (ढल्केबर), सिद्धार्थ रिसोर्ट (चुम्लिङटार, कुरिनटारबाट पाँच किमी उत्तर), भरतपुर (बालमन्दिर चोक), चौराहा (बुटवल), कोहलपुर चोक, धनगढी रोड (अतरिया) मा फ्री चेक अप क्याप पोइन्टको स्थापना गरिएको छ । यो योजनाबाट असोज २९ देखि ३१ गतेसम्म बिहान १० देखि साँझ ६ बजेसम्म हुण्डार्इका ग्राहकले लाभ लिन सक्नेछन् ।

























