बैतडीको निङ्गलासैनी भगवतीमा दसैंमेला, सयाैं राँगा बलि
वि.सं.२०७५ कात्तिक १ बिहीवार १४:१५
shares

बैतडीको निङ्गलासैनी भगवती मन्दिरमा महाअष्टमीका अवसरमा ठूलो मेला लागेको छ । प्रत्येक वर्ष अष्टमीका दिन सो मन्दिरमा मेला लाग्ने गरेको छ ।
मेला भर्न गाउँ–गाउँबाट हजारौं सर्वसाधारण आउने गरेका छन् । आसपासका जिल्लाका बासिन्दासमेत निङ्गलासैनी मन्दिरमा मेला भर्न जाने गरेका छन् । मेलामा राँगाको बलि दिने चलन छ । यो वर्ष पनि मेलामा ठूलो संख्यामा राँगा बलि दिइएको छ ।
सुदूरपश्चिम प्रदेशका धेरै धार्मिक स्थलमा पर्वका बेला पशु बलि दिने गरिन्छ । डडेल्धुराको उग्रतारा मन्दिर, बैतडीको देहिमाडौंमा रहको निङ्गलासैनी भगवती मन्दिर, पाटनको उदयदेव मन्दिर, दार्चुलाको लटिनाथ, डोटीको शैलेश्वरी, बाजुराको बडिमालिकालगायतका शक्तिपिठमा अष्टमीका दिन ठूलो संख्यामा पशुबलि दिइएको छ ।

























