काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सप्तमीसम्म नबिकेपछि भेडा च्याङ्ग्रा ५० प्रतिशत छुटमा बेच्दै व्यापारी

14.15K
shares

दसैं पर्वलाई लक्षित गरी पोखरा भित्र्याइएका भेडा च्याङ्ग्रा व्यापारीले ५० प्रतिशत छुट गरेर बेच्न थालेका छन् । सुरुमा महँगो भएको भन्दै उपभोक्ताले खरिद नगरेपछि व्यापारीले ३० देखि ५० प्रतिशतसम्म मूल्य घटाएका हुन् ।

महाअष्टमीसम्म पनि पोखरा भित्रिएका ५० प्रतिशत भेडा च्याङ्ग्रा बिक्री नभएपछि व्यापारीहरु भारी छुट दिन बाध्य भएका हुन् । व्यापारी अमृत रानाले फूलपातीसम्म २४ हजार, फूलपातीको बेलुका २० हजार र महाअष्टमीका दिन १५ हजार प्रतिगोटामा भेडा च्याङ्ग्रा बिक्री गरेका छन् । पोखराको याम्दी क्षेत्रमै भेडा च्याङ्ग्रा बिक्री गर्दै आएका उनले एक सय ७५ वटा ल्याएका थिए ।

त्यस्तै, पोखराको पुरानो टुँडिखेलमा घोरेपानी उल्लेरीका विनोद पुनले सयवटा भेडा च्याङ्ग्रा बिक्रीका लागि ल्याएका थिए । ‘उपभोक्ता महँगो भन्दै किन्न नआएपछि फूलपातीसम्म २५ वटा भेडा पनि बेच्न सकिएन,’ उनले भने, ‘फूलपातीका दिनसम्म २१ हजार प्रतिगोटा बेच्न नसकिएको भेटा अहिले १२–१३ हजार प्रतिगोटा बेच्न बाध्य छु ।’ उनले मुस्ताङबाट प्रतिगोटा साढे १८ हजारका दरले खोरमै मूल्य तिरेकाले ठूलो क्षति व्यहोर्नुपरेको बताए ।

फूलपातीको अघिल्लो दिनदेखि नै हरिचोकदेखि याम्दी हुँदै हेमजासम्मको क्षेत्रमा भेडा च्याङ्ग्रा किन्नेको भीड नलागेको होइन । तर, अधिकांश उपभोक्ता महँगो भन्दै फर्किएका थिए । भेडा च्याङ्ग्रा महँगो भएपछि कतिपय उपभोक्ताले खसीबोका र कुखुरा किनेका छन् भने कतिपयले समूहमा बार्गेनिङ गरी भेडा च्याङ्ग्रा किनेका छन् । हिमालपारिका जिल्लामा जडिबुटी खाएर हुर्किएका भेडा च्याङ्ग्रा खाँदा स्वास्थ्यका दृष्टिले पनि फाइदाजनक हुने भएकाले उपभोक्ताको आकर्षण बढेको पाइन्छ ।

सप्तमीको अघिल्लो दिन सोमबारदेखि पोखराको पुरानो टुँडिखेलमा दसैं हाटमेला सञ्चालन भएको छ । हाटमेलामा पनि भेडा च्याङ्ग्रादेखि दैनिक उपभोग्य वस्तु तथा दसैं पर्वमा आवश्यक सामग्री खरिद–बिक्री भएका छन् । पोखरा महानगरपालिकाले प्रतिदिन प्रतिभेडा च्याङ्ग्राको १५ रुपैयाँ कर उठाउने गरेको छ ।