युक्रेनमा अन्धाधुन्ध गोली प्रहार, १९ जनाको मृत्यु
वि.सं.२०७५ कात्तिक १ बिहीवार १३:०५
shares

युक्रेनको स्वायत्त क्षेत्र क्राइमियास्थित एक क्याम्पसका अन्धाधुन्ध गोली प्रहार हुँदा १९ जनाको मृत्यु भएको छ । क्राइमियाको क्रेर्च टेक्निकल कलेजमा अध्ययनरत १८ वर्षीय विद्यार्थी भ्यादिस्लाभ रोसल्याकोभले अन्धाधुन्ध गोली चलाएका हुन् ।
अन्धाधुन्ध गोली चलाएपछि आफैंमाथि गोली प्रहार गरेर आत्महत्या गरेका छन् । आफ्नै सहपाठीमाथि किन गोली प्रहार गरे भन्ने विषयमा अनुसन्धान भइरहेको जनाइएको छ ।

























