प्रधानमन्त्रीले सर्वसाधारणलाई टीका लगाइदिने, यस्तो छ कार्यतालिका
वि.सं.२०७५ कात्तिक १ बिहीवार १२:५७
shares

दसैंमा प्रधानमन्त्री केपी ओलीले सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार ओलीले विहान शुभसाइतमा बुबा मोहनप्रसाद ओलीबाट टीका ग्रहण गर्नेछन् ।
दिउँसो १ बाट राष्ट्रपति विद्या भण्डारीबाट टीका ग्रहण गर्न कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओलीले दिउँसो २ बजेपछि ओलीले मन्त्री, सांसद नेता तथा सरकारी कर्मचारीलाई टीका लगाइदिने कार्यक्रम राखिएको छ ।
दिउँसो साढे ३ देखि साढे ५ बजेसम्म पार्टी कार्यकर्ता तथा सर्बसाधारणलाई टीका लगाइदिनेछन् । प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार असोज ३ देखि ६ गतेसम्म विहान ९ देखि १२ बजेसम्म कार्यकर्ता र शुभचिन्तकलाई प्रधानमन्त्रीले टीका लगाइदिने समय तालिका समेत तय भएको छ ।
प्रधानमन्त्री गृहजिल्ला झापा जाने
प्रधानमन्त्री ओली आज गृहजिल्ला झापा जादैँ छन् । जिल्ला रेडक्रस सोसाइटीको आयोजनामा स्वर्णमहोत्सव स्मारिका विमोचनका लागि ओली गृहजिल्ला जान लागेका हुन् । उनी आजै फर्किने कार्यक्रम छ ।
























