प्रहरीद्वारा सप्तरीबाट पटका बरामद
वि.सं.२०७५ कात्तिक ७ बुधवार १८:५७
shares

सप्तरीस्थित हनुमाननगर कंकालिनी नगरपालिका–३ पोरताहाबाट प्रहरीले पटाका बरामद गरेको छ । प्रहरीका अनुसार ४० प्याकेट पटाका, ४० प्याकेट चकलेट पटका, ५० प्याकेट झिरझिरे पटका र ७ सय ५० प्याकेट खुर्सानी पटका मंगलबार बरामद गरेको हो ।
इलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीलाई देखेर अपरिचित व्यक्तिले झोला फाली फरार भएपछि उक्त झोलाबाट पटका बरामद भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

























