काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

श्रीलंका : बर्खास्त पेट्रोलियम मन्त्री रणतुंगा गिरफ्तार

13.69K
shares

श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले रनिल विक्रमासिंघेलाई बर्खास्त गरी पूर्व रष्ट्रपति महिन्दा राजपाक्षेलाई प्रधानमन्त्री चयन गरेपछि श्रीलंकाको राजनीतिले नयाँ मोड लिएको छ । यसै क्रममा विक्रमासिंघेको क्याबिनेटका पेट्रोलियम मन्त्री अर्जुन रणतुंगालाई सोमबार गिरफ्तार गरिएको छ ।

श्रीलंकामा परिवर्तित राजनीति घटनाक्रमकै चरणमा पूर्वमन्त्रीको गिरफ्तार भएको हो । विक्रमासिंघेको बर्खासीसँगै भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको थियो । रणतुंगाका अंगरक्षकले राजपाक्षेका समर्थकमा चलाएको गोली लागेर उनको मृत्यु भएको र थप दुई जना घाइते भएको जनाइएको छ ।

प्रहरी प्रवक्ता रुवान गुनासेकेराले रणतुंगालाई सोही प्रकरणमा नियन्त्रणमा लिइएको बताए । किनकि उनका अनुसार रणतुंगाका अंगरक्षकले चलाएको गोली लागी एक जनाको मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस्

राष्ट्रपतिको निर्णयले श्रीलंकामा हिंसा भड्किने आशंका

महिन्दा राजपाक्षे : राष्ट्रपतिबाट प्रधानमन्त्रीतर्फ