काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

के हो मधुमेह ? यसरी बच्न सकिन्छ

20.52K
shares

मधुमेह भन्नाले रगतमा ग्लुकोजको मात्रा बढ्नु अथवा अनियन्त्रित हुनु हो । मधुमेहलाई डाइबिटिज, चिनी रोग, सुगर लगायतका नामले पनि चिनिन्छ । जब प्याक्रियाजले पर्याप्त इन्सुलिन उत्पादान गर्न सक्दैन तब शरीरमा मधुमेह देखन्छ । मधुमेह भएका व्यक्तिहरुमा हृदयघात, घाउ निको नहुने, गुप्ताङ्गमा इन्फेक्सन, दृष्टिनाश, छाला रोग, दाँतमा समस्या, पुरुषमा नपुंसकता, महिलामा बाँझोपन, मानसिक समस्या, निन्द्रा नलाग्नु,  यौन क्षमतामा कमि तथा कब्जियत जस्ता समस्या देखिन्छ ।

मधुमेहकाे लक्षण
तिर्खा बढी लाग्ने अनि छिटो छिटो पिसाब लाग्ने 
जब रगतमा ग्लुकोजको मात्रा बढ्छ तब किड्नीले रगतबाट ग्लुकोज छान्न थाल्दछ । जब ग्लुकोजको मात्रा अत्याधिक हुन्छ किड्नीले छिटोछिटो पिसाब बाहिर फाल्दछ । पिसाब छिटोछिटो लागेपपछि शरीरमा पानीको मात्र कमी हुने भएकाले तिर्खा धेरै लाग्छ ।

भोक बढी लाग्ने 
कोषहरुमा ग्लुकोजको मात्रा पुर्याउनको लागी शरीरलाई इन्सुलिनको आवश्यकता पर्छ । कोषलाई शक्तिको लागी ग्लुकोजको आवश्यकता पर्छ । मधुमेहले इन्सुलिनको पनि कमी हुने हुदाँ पर्याप्त ग्लुकोजको कोषसम्म पुग्न सक्दैन,त्यसैले शरीरमा शक्ति सञ्चय हुन पाउँदैन अनि भोक बढी लाग्ने गर्दछ ।

शक्तिमा कमी र थकाई लाग्ने 
कोषहरुमा ग्लुकोजको मात्रा पर्याप्त नपुग्नाले भोक बढेसँगै शरीरको स्फूर्ती घट्छ र थकाई पनि लाग्दछ ।

अस्वभाविक तौल घट्ने  
कोषहरुमा ग्लुकोजको सञ्चय हुदैन । रगतमा अत्याधिक हुने ग्लुकोज अधिकांश पिसाबबाट जाने भएकाले कोषहरुले लिने क्यालोरीमा कमी आउँछ र अस्वभाविक तौल घट्दछ ।

विभिन्न अंग झमझामाउने वा निदाउने  
रगतमा अत्याधिक ग्लुकोजको मात्रा हुँदा स्नायुबाट आएका सन्देशहरु अंगहरुले राम्रोसँग ग्रहण गर्न सक्दैन, तसर्थ सामान्यतया हात तथा खुट्टामा यस्तो समस्या देखिन्छ । रक्तकोष कमजोर हुने भएकाले रक्त सञ्चारमा बाधा आउँछ ।

दृष्टि धमिलो हुने 
रगतमा उच्च ग्लुकोज हुनाले आँखामा पनि असर गर्ने भएकाले दृष्टिमा धमिलोपन आउने गर्दछ ।

घाउ ढिलो निको हुने
उच्च ग्लुकोजले प्रतिरक्षा प्रणालीलाई पनि बाधा गर्छ । यसको प्रभावले सेतो रक्तकोषको कामि आउँछ र घाउ निको हुन धेरै समय लाग्ने गर्दछ ।

छाला सुख्खा हुने र चिलाउने  
शरीरमा करिब ५० देखि ७८ प्रतिशतसम्म पानी हुन्छ छिटोछिटो पिसाब लाग्ने तिर्खा बढ्ने र शरीरमा पानीको मात्रा कम हुन्छ जस्को कारणले छाला सुख्खा हुने र चिलाउने गर्दछ ।

चिढचिढापन हुने 
भोक लागीरहने अनि शरीरमा पर्याप्त शक्ति पनि नहुनाले चिढाचिढापन हुने गर्दछ । शरीरमा क्यालोरीको पर्याप्त नहुने भएकाले दिक्क लाग्ने जस्ता लक्षण देखा पर्दछ ।

पिसाबमा कमिला लाग्ने 
मधुमेह लागेको व्यक्तिको पिसाबम ग्लुकोजको मात्रा बढी हुने भएकाले पिसाबमा कमिला लाग्छ ।

के कारणले लाग्छ मधुमेह ?
खानपान अनि जिवनशैलीको कारण मधुमेहले आक्रमण गर्छ । शारीरिक कसरतको कमी अनि अत्याधिक कार्बाेहाइड्रेड, धुम्रपान अनि मध्यपानको सेवन र तनावपूर्ण जीवनशैलीका कारण मधुमेह लाग्छ । पहिले पहिले धनी र सम्पन्न परिवारको मानिसलाई यो रोगले सताउने गरेपनि अहिले सबैमा देखिन थालेको छ । हालको तथ्यांकमा ३० वर्ष भन्दा माथिका मानिसहरुमा मधुमेह देखिने गरेको छ ।

रोकथाम कसरी गर्ने ?
मधुमेह रोग लागेका व्यक्तिले नियन्त्रण राख्न नियमित रुपमा यस्ता परीक्षण गर्नपर्छ
१. ग्लाइकोसिटेड हेमोग्लोबिन परीक्षण
२. फास्टिङ तथा पोस्ट प्रान्डल ब्लड ग्लुकोज लेबल परीक्षण
३. आँखा परीक्षण
४. मुटु परीक्षण
५. मृगौला परीक्षण
६. पिसाब परीक्षण

उपचार के हो ?
मधुमेह रोग लागेपछि विशेषत खानपानमा ध्यान दिनुपर्छ । मधुमेहको उपचार अवस्था हेरेर औषधि र योग तथा प्रकृतिक चिकित्साद्वारा पनि गर्न सकिन्छ । योग, प्रकृतिक चिकित्सा, स्वास्थ्य वृतको अभ्यास र पथ–पहरेज र जीवनशैली परिवर्तन गरेमा मधुमेह नियन्त्रण गर्न सकिन्छ । खाने औषधि र जीवनशैली परिवर्तनले पनि रोग नियन्त्रण नभए इन्सुलिनको सुई लगाउनु पर्दछ । अमला, भूइँ अमला, कागती, मेवा, काँक्रो, खरबुजा, नास्पाती जस्ता फलफूल खानु पर्छ ।