काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

रजिष्ट्रारलाई बन्धक बनाउने ९ जना विद्यार्थी पक्राउ

11.51K
shares

कृषि तथा वन विज्ञान विश्वविद्यालयका रजिष्ट्रार र सेवा आयोग अध्यक्षलाई कार्यकक्षमा बन्धक बनाएको भन्दै प्रहरीले ९ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।

रजिष्ट्रार मनराज कोलाक्षपति र सेवा आयोगको अध्यक्ष रामनाथ ओझालाई कार्यालयमै बन्दक बनाएकाले शुक्रबार साँझ विद्यार्थीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी उपरीक्षक सुशीलसिंह राठौरे जानकारी दिए । उनीहरुले दिनभर धर्ना बसेर पदाधिकारीका गाडीसमेत चलाउन नदिँदा प्रहरीले लाठीचार्जसमेत गरेको थियो । प्रहरी हस्तक्षेपपछि बन्धक बनाइएका पदाधिकारीलाई घर पठाइए थियो ।

पक्राउ पर्नेमा अनेरास्ववियुका विश्वविद्यालय अध्यक्ष हेमराज कठायत, भास्करसिंह ठकुरी, सन्तोष खतिवडा लगायत छन् ।

विश्वविद्यालयको सम्बन्धन प्राप्त निजी क्याम्पसले भर्ना खोलेपछि विद्यार्थी र प्राध्यापक आन्दोलित हुँदै आएका छन् । विश्वविद्यालयमा लगाइएको ताला प्रहरीले तोडेको छ ।(रासस)