काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

एन्टिबायोटिकको बढ्दो प्रयोग, घढ्दो प्रभाव

14.39K
shares

एन्टिबायोटिक औषधिको प्रयोग बढे पनि यसको प्रभाव भने घटिरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले बताएको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले सोमबार मन्त्रालयमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् ।

विश्व एन्टिबायोटिक सचेतना सप्ताह २०१८ को सन्र्दभमा सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा राज्यमन्त्री यादवले यस्तो बताएका हुन् ।

‘अहिले एन्टिबायोटिक साधारण भन्दा साधारण रोगको लागि पनि प्रयाग हुँदै आएको छ,’ यादवले भने,’ ‘तर यसको प्रयोगकर्ताले एन्टिबायोटिकको पूरा डोज प्रयोग नगर्ने कारण रोग प्रतिरोधात्मक क्षमता ह्रास हुन्छ र जिवाणुको प्रतिरोध क्षमता बलियो हुन्छ ।’

विश्वमा एन्टिबायोटिकको प्रयोग बढ्दै गइरहेको बेलामा यसको प्रभाव भने घट्दै गइरहेको अध्ययनहरुले देखाएका छन् । वैज्ञानिक एलेक्जेण्डर फ्लेमिङले १९२८ मा पहिलो पटक ढुसिबाट पेनेसिलिन नाम गरेको एन्टिबायोटिक पत्ता लगाएका थिए ।

एन्टिबायोटिक रोगको संक्रमण अत्यधिक भएको र साधारण औषधिले काम गर्न नसकेको अवस्थामा प्रयोग हुने औषधि हो । एन्टिबायोटिक साधारण रुपमा प्रयोग गर्नु स्वास्थ्यको दृष्टिकोणले राम्रो नमानिने उनले बताए ।

एन्टिबायोटिकको अवस्था
विश्वभर नै अहिले एन्टिबायोटिकको प्रयोग बढ्दो छ । हरेक वर्ष जीवाणु संक्रमणको कारण सात लाख मानिसको मृत्यु भएको अनुमान छ । यसको प्रयोग बढ्नुको कारण सहज र सुलभ रुपमा एन्टिबायोटिक पाइनु मुख्या कारण रहेको छ ।

सोमबार विश्व एन्टिबायोटिक सचेतना सप्ताह २०१८ को सन्र्दभमा प्रेस विज्ञप्ती जारी गर्दै मन्त्री उपेन्द्र यादवले अन्य देशमा जस्तै नेपालमा पनि एन्टिबायोटिकको सजिलै र सहज रुपमा उपलब्ध भएका कारण यसको प्रयोग बढेको उल्लेख गरेका छन् । अहिले हरेक बिरामीलाई एन्टिबायोटिक प्रयोग गर्ने तर प्रयोगकर्ताहरुले औषधि प्रयोग गरेपछि आफूलाई निको हुने बित्तिकै बीचैमा औषधि छोड्ने गर्दछन् ।

जसले गर्दा एन्टिबायोटिकको डोज नपुगेको शरिरमा उल्टो असर गरिरहेको जानकारहरु बताउँछन् । एन्टिबायोटिकको असरकै कारण रोग प्रतिरोधात्मक क्षमता कमजोर हुँने र सामान्य खालको रोगले पनि बढी सताउने गर्दछ ।

विश्वमा ३० वर्ष यता कुनै पनि प्रभावकारी नयाँ एन्टिबायोटिकको आविस्कार भएको छैन । तर यसबीचमा विभिन्न किसीमको ठुला तथा खतरायुक्त रोगहरु देखा परेका छन् ।