प्रदेश २ मा बुधबार सार्वजनिक विदा
वि.सं.२०७५ मंसिर ४ मंगलवार ०२:२०
shares

प्रदेश २ सरकारले मंसिर ५ गते बुधबार ८ जिल्लामा सार्वजनिक विदाको घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको विशेष दिन अर्थात पैगम्बर मोहम्मदको जन्म दिन भएकाले प्रदेश २ सरकारको २०७४ साल चैत्र २४ गते बसेको मन्त्रीपरिषदको निर्णयअनुसार प्रदेश २ मा ५ गते बुधबार विदा दिएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा जारी प्रेस नोटमा दिवसको अवसरमा प्रदेश सरकारले बुधबार विदा दिने उल्लेख छ । दिवसको अवसरमा प्रदेश २ को सम्पूर्ण सरकारी कार्यालय, संस्थान र शिक्षालयमा विदा दिइएको मन्त्रालयका शाखा अधिकृत वसन्त न्यौपानेले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।

























