कोरम नपुगेर विकास तथा प्रविधि समितिको बैठक स्थगित
वि.सं.२०७५ मंसिर ४ मंगलवार १८:४१
shares

संसदको विकास तथा प्रविधि समितिको बैठक स्थगित भएको छ । कोरम नपुगेपछि बैठक स्थगित गरिएको हो ।
मंगलबारको बैठकमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कामका विषयमा छलफल गर्ने तय भएको थियो । तर, बैठकमा सदस्यहरु उपस्थित नभएपछि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।
























