काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

घुससहित रूपन्देहीका जिल्ला न्यायाधिवक्ता निरौला पक्राउ

12.31K
shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख कोषहरी निरौलालाई सेवाग्राहीसँग घुस रकम लिँदै गर्दा पक्राउ गरेको छ । अख्तियारबाट खटिएको टोलीले मंगलबार बिहान निरौलालाई ८० हजार घुससहित पक्राउ गरेको हो ।

जिल्ला न्यायाधिवक्ता निरौलाले ठगीको मुद्दा मिलाइदिन्छु भन्दै सेवाग्राहीसँग घुस रकम लिएका थिए । कार्यालय खुल्नासाथ घुससहित पक्राउ परेका निरौलालाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।