अमेरिकाको एक अस्पतालमा गोली चल्यो, चार जनाको मृत्यु
वि.सं.२०७५ मंसिर ४ मंगलवार १८:५९
shares

अमेरिकाको एक अस्पतालमा एक व्यक्तिले अन्धाधुन्द गोली चलाएका छन् । अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा उनले चलाएको गोली लागेर डाक्टरसहित चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोली प्रहार गर्ने व्यक्ति पनि रहेका छन् । गोली चलाउनुको कारणबारे अनुसन्धान भइरहेको अन्तर्राष्ट्रिउ सञ्चारमाध्यमले जनाएका छन् ।
तस्बिर : बीबीसी

























