काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

क्यूङ टिप्न विद्यालय बन्द

11.53K
shares

औषधिको रूपमा प्रयोग गरिने क्यूङ टिप्न विद्यार्थी हिँडेपछि विकट उत्तरी धादिङको झार्लाङका विद्यालय बन्द भएका छन् । गाउँका युवा र विद्यार्थी चार÷पाँच घण्टा टाढा जङ्गलमा क्यूङ टिप्न ठूलो समूह बनाएर गएपछि गाउँका विद्यालय खाली भएका हुन् ।

विद्यार्थी मात्र होइन, गाउँका हिँड्न र काम गर्न सक्ने जति युवा अहिले सबै क्यूङ फल टिप्नका लागि जङ्गल गएर उतै रात बसी फल टिप्न थालेको झार्लाङका मङ्ग तामाङले बताए ।
क्यूङ स्थानीयवासीले विभिन्न औषधिको रूपमा प्रयोग गर्ने गर्छन् । आगोले पोलेको, गानो गोला दुख्दा औषधिको रुपमा प्रयोग गर्ने गर्छन् । यो फल महङ्गोमा बिक्री समेत हुने स्थानीयवासी बताउँछन् ।

दिनभरि टिप्दा मुश्किलले एक÷दुई पाथीसम्म टिप्न सकिने भएकाले गाउँवासी केही दिन जङ्गलमै बसेर फल टिप्ने गर्छन् । देख्दा मसिना कालो, खैरा देखिने, फल खाँदा चिसो र ओखरको स्वादको हुन्छ । १२ वर्षमा फल्ने कालो साना दानाको यो फललाई तामाङहरू सिसी पनि भन्दछन् ।
(रासस)