काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

जुवा खेल्ने १९ जना पक्राउ

11.03K
shares

रूपन्देहीको सियारी गाउँपालिका–७ मा जुवा खेलिरहेका १९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ६ लाख ७८ हजार २ सय रुपैयाँ नगदसहित प्रहरीले १९ जनालाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलले गए राति ११ बजेको समयमा सियारी गाउँपालिका–७ अमुवामा छापा हानेको थियो । गाउँमा त्रिपाल नै ठूलो संख्यामा तास खेलिरहेको जानकारी प्रहरीले पाएपछि छापा हानेको थियो ।

अचानक प्रहरीले छापा हानेपछि तास खेल्ने र हेर्नेहरुको भागाभाग भएको थियो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) डिल बहादुर मल्लले प्रहरीले नियन्त्रणमा लिएका व्याक्तिहरुलाई जुवा ऐन अनुसार कारबाही अगाडि बढाउने जानकारी दिए ।