आर्थिक हिनामिनाको आरोपमा निसान मोटर्सका अध्यक्ष पक्राउ
वि.सं.२०७५ मंसिर ४ मंगलवार १९:२०
shares

आर्थिक हिनामीनाको आरोपमा निसान मोटर्सका अध्यक्ष कार्लोस गोसन पक्राउ परेका छन् । टोकियोको डिष्ट्रिक पब्लिक प्रोसिक्युटर अफिसले निसानका अध्यक्ष गोसनलाई फाइनान्सियल इन्टुमेन्ट्स तथा एक्सचेन्ज याक्ट उल्लंघन गरेको आरोपमा टोकियोबाट सोमबार पक्राउ गरेको हो ।
जापानी अभियोजक (मुद्दा चलाउन व्यक्ति)हरूको आयस्रोतका बारेमा प्रश्न गरेलगत्तै अध्यक्ष गोसन र अर्का निर्देशक ग्रेग केलीलार्इ पक्राउ गरिएको जनाइएको छ । निसानले गोसन र केलीका सम्बन्धमा लामो समयदेखि अनुसन्धान गरिरहेको थियो । गोसन र केलीले टोकियो स्टक एक्चेन्ज सेक्यिुरेटिजलाई बुझाएको डिस्क्लोजर रिपोर्टभन्दा निसानबाट बुझेको रकम धेरै बढी रहेको जनाइएको छ ।
त्यससँगै गोसनले अख्तियारीको दुरुपयोग गर्दै कम्पनीको सम्पत्ति व्यक्तिगत रूपमा प्रयोग गरेको र त्यसलार्इ केलीले पनि सहयोग गरेको अभियोजकहरूको आरोप छ । बिहीबारको सञ्चालक समिति बैठकले दुवैलार्इ पदमुक्त गर्नसक्ने बताइएको छ ।

























