काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कर्णाली प्रदेश : मुख्यमन्त्रीको अध्यक्षतामा योजना अयोग

15.12K
shares

कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा योजना अयोग गठन गर्ने भएको छ । प्रदेश मन्त्रिपरिषदको मंगलबारको बैठकले मुख्यमन्त्रीको अध्यक्षतामा ६ सदस्यीय योजना अयोग गठन गर्ने निर्णय गरेको हो ।

योजना आयोगको उपाध्यक्षमा दैलेखका डा. पुण्य रेग्मी, सदस्यहरुमा हुम्लाका डा. दिपेन्द्र रोकाया र दैलेखका योगेन्द्र शाहीलाई मनोनयन गर्ने निर्णय गरिएको सरकारकी प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् ।

त्यसैगरी योजना आयोगको पदेन सदस्यमा प्रदेश सरकारका प्रमुख सचिव र सदस्य सचिवमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहने व्यवस्था गरिएको छ ।

योजना आयोगका उपाध्यक्षलाई प्रदेश राज्यमन्त्री सरहको र सदस्यहरुलाई प्रदेशसभा सदस्य सरहको सेवा सुविधा दिने निर्णय पनि उक्त बैठकले गरेको प्रवक्ता केसीले जानकारी दिइन् ।

आयोगको उपाध्यक्षमा मनोनित रेग्मी कृषि क्षेत्रका विज्ञ हुन् । भरतपुरको रामपुर क्याम्पसमा ३० वर्ष कृषि अर्थशास्त्र विषयको प्रध्यापन गरेका रेग्मीले योजना र विकासमा पिएचडी गरेका छन् ।

आयोगको सदस्यमा मनोनयन भएका सर्केघाट ८, रादेउ हुम्ला निवासी दिपेन्द्र रोकायाले २५ वर्षदेखि जनपक्षीय पत्रकारिता गर्दै आएका छन् । ग्रामीण विकास र राजनीतिशास्त्रमा स्नाकोत्तर गरेका रोकायाले नेपालको राजनैतिक द्वन्द्व व्यवस्थापनमा वैदेशिक सहयोगको प्रभाव शीर्षकमा विदावारिधी गरेका छन् ।

युद्धपत्रकारिताको अनुभव समेत गरेका रोकायाले श्रमजीवी पत्रकारको न्युनतम पारिश्रमिक निर्धारण समितिको सदस्य रही काम गरिसकेका छन् ।

योगेन्द्रबहादुर शाहीले जवाहरलाल नेहरु विश्वविद्यालयबाट क्षेत्रीय विकास तथा प्राकृतिक श्रोत साधन व्यवस्थापनमा एमफिल गरेका छन् । सोमबार सम्पन्न मन्त्रिपरिषद वैठकले प्रदेश योजना आयोग गठन तथा सञ्चालन आदेश २०७५ स्वीकृत गर्ने निर्णय गरी आयोग गठनको बाटो खोलेको थियो ।