काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अवैध कपडासहित पाँच जना पक्राउ

11.19K
shares

भारतबाट अवैध रुपमा नेपाल भित्र्याइएको ठूलो परिमाणको कपडासहित पाँच जनालाई प्रहरीले पश्चिम नवलपरासीबाट नियन्त्रणमा लिएको छ ।

प्रदेश ५ को प्रहरी कार्यालय तुल्सीपुर दाङ र जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको संयुक्त गस्ती टोलीले प्रतापपुर गाउँपालिका–३ कजरैयास्थित भित्री सडकखण्डमा भारतीय मोटरसाइकलबाट ओसारपसार गरिरहेको अवस्थामा १२ लाख ११ हजार ७८८ रुपैयाँ बराबरको कपडासहित तस्करीमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पश्चिम नवलपरासी पाल्हीनन्दन गाउँपालिका–१ रामपुरका ३५ वर्षीय मुवारक अन्सारी, सरावल गाउँपालिका–६ रामपुर खडौनाका १९ वर्षीय रञ्जित चौधरी, सोही ठाउँका १८ वर्षीय दुर्गेश हरिजन, पाल्हीनन्दन–१ का २५ वर्षीय विनोद यादव र सोही ठाउँ बस्ने ३० वर्षीय मनोज यादव रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

बरामद गरिएको कपडा, तस्करमा संलग्न व्यक्ति तथा मोटरसाइकललाई आवश्यक कारवाहीका लागि आज महेशपुर भन्सार चलान गरिएको प्रहरीले जनाएको छ ।(रासस)