काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लेटाङ पुगेर देउवाले भने- वाइडबडीका भ्रष्टाचारीलाई छाडिन्न

15.23K
shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार गर्ने जोसुकै भए पनि काँग्रेसले नछाड्ने दाबी गरेका छन् । वाइडबडी विमान खरिद प्रकरणमा घोटला भएको आशंका भएकाले तल्लो तहदेखि उपल्लो तहसम्मका जोसुकै भए पनि देशको पैसा लुट्नेलाई कांग्रेसले नछाड्ने देउवाले बताए ।

नेपाल राष्ट्रिय मगर संघको आयोजनामा शनिबार मोरङको लेटाङमा आयोजित प्रदेश नम्बर १ स्तरीय प्रशिक्षण कार्यक्रममा सभापति देउवाले वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार भएको आशंका जाहेज भएको भन्दै आफ्नो पार्टी प्रतिपक्षमा रहे पनि काँग्रेसले यो प्रकरणमा संलग्न कसैलाई नछाड्ने र देशको पैसा लुट्न नदिने स्पष्ट पारे । सरकारले वाइडबडी विमान खरिद प्रकरणको छानबिन गर्न कमिटी बनाएर भ्रष्टाचारीलाई बचाउन खोजेको हो कि भन्दै आशंका व्यक्त गरे ।

भाषणका क्रममा देउवा अधिकांश समय ओली सरकारमाथि खनिएका थिए । ‘ओली सरकारले जनतालाई शान्ति सुरक्षासमेत दिन सकेको छैन,’ उनको आक्रोश थियो, ‘बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारा जोगाउने काम स्वयं सरकाबाट भएको छ ।’

पूर्वप्रधानमन्त्री देउवाले ओली सरकारले कर थोपरेर तिर्न नसक्ने अवस्थामा उद्योगी व्यवसायी पुगेकोे बताए । ओलीको सरकारले कर थुपार्ने काममात्र गरेकाले सरकारको नेतृत्व गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको नाम आफूले करप्रसार ओली राखेको उनले बताए । सरकारले कर थोपरेका कारण उद्योग व्यवसाय धराशयी भएको भन्दै देउवाले यस्तो अवस्थामा कसरी आर्थिक समृद्धि हुन्छ ? भन्दै सरकारलाई प्रश्न गरे ।