काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

निर्वाचन क्षेत्रका विद्यार्थीलाई लालबाबु पण्डितले स्वेटर वितरण गरे

14.05K
shares

मोरङको शुन्दर हरैचा नगरपालिकाका दुई सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई स्वेटर वितरण गरिएको छ । तराईमा केहीदिन यता बढेको चिसोका कारण सामुदायिक विद्यालयमा अध्यन गर्ने बालबालिकाको उपस्थित न्यून हुन थालेपछि न्यानोका लागि ति विद्यालयमा अध्यनरत बालबालिकालाई आइतबार स्वेटर वितरण गरिएको हो ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको सहयोगमा मोरङ क्षेत्र नम्बर ६ अन्तर्गत शुन्दर हरैचा-६ को बुद्ध आधारभूत विद्यालयका ८९ विद्यार्थीलाई स्वेटर वितरण गरिएको हो । त्यस्तै सोही नगरपालिकाको वडा नं. ३ स्थित जनता आधारभूत विद्यालयमा अध्यनरत ६१ विद्यार्थीलाइ पनि स्वेटर वितरण गरिएको छ ।

आफू निर्वाचित क्षेत्रका विद्यालयमा मन्त्री पण्डितले विद्यार्थीलाई न्यानोका लागि स्वेटर वितरण गरेका हुन् । स्वेटर नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का १ नं. प्रदेश कमिटी सदस्य सत्यनारायण चौधरी, शुन्दर हरैचा नगरपालिकाका उपमेयर धना तामाङ, वडा नं. ३ का वडाध्यक्ष जीवन ढुंगाना र ६ नं. वडाध्यक्ष जीवन राईले एक कार्यक्रमकाबीच वितरण गरेका थिए ।