हिमाली र पहाडी जिल्लामा हिमपात, चन्द्रागिरीमा पनि हिउँ प-यो (फोटो फिचर)
वि.सं.२०७५ पुस २३ सोमवार २३:२८
shares

पश्चिमी वायुको प्रभाव बढेसँगै देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात परेको छ भने काठमाडौं उपत्यकामा सिमसिम वर्षा भएको छ । चिसो बढेसँगै हिमरेखाभन्दा माथिका क्षेत्रमा भारी हिमपात भएको छ भने राजधानीआसपासका फूलचोकी, शिवपुरी र चन्द्रागिरीमा पनि हिमपात भएको छ । सोमबार सबैभन्दा बढी डडेलधुरामा ९ मिलिमिटर वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हिमाली जिल्लाको जनजीवन प्रभावित
हिमपातले हुम्ला, मुगु, जुम्ला, डोटीलगायत हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ । हुम्लामा शनिबार रातिदेखि हिमपात भएको हो ।। झन्डै एक फिट बाक्लो हिमपात भएपछि सिमकोटआसपासको तापक्रम माइनस १५ डिग्रीमा झरेको छ । सिमकोटभन्दा उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँमा दुई फिटसम्म हिउँ जमेको स्थानीयले बताएका छन् ।







(तस्बिर ः रासस)

























