काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विपद् जोखिम न्युनिकरणमा प्रदेश सरकार संवेदनशील : मुख्यमन्त्री राई

15.58K
shares

मुख्यमन्त्री शेरधन राईले प्रदेश-१ विपद्को जोखिममा उच्च स्थानमा रहेकाले विपद् जोखिम न्युनिकरणका लागि प्रदेश सरकार संवेदनशील रहेको बताएका छन ।

प्रदेशस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विराटनगरमा सामेबार आयोजना गरेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापनमा प्रदेशको प्राथमिकता गोष्ठिलाई सम्वोधन गर्दे उनले प्रदेश सरकारले समयमै ऐन कानुन बनाएर जोखिम न्युनिकरणको कार्यलाई अघि बढाएको बताए ।

उनले ठूलाठूला सडक  पूर्वाधार तथा वस्ती निमार्ण गर्दा आउन सक्ने जोखिमलाई ध्यान पुर्याउँदै विकास निमार्णका कामलाई अघि बढाउनुपर्ने बताए । मुख्यमन्त्री राईले जोखिम न्युनिकरणका लागि तिनैतहको सरकारबीच समन्वय हुनु आवश्यक रहेकोमा जोड समेत दिए ।

कार्यक्रममा प्रदेशका सभामुख प्रदीप भण्डारीले राहत वितरण गरेर जोखिम न्युनिकरण नहुने भन्दै जोखिम आउन नदिन दिर्घकालीन योजना बनाउनु पर्ने बताए । कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले प्रदेश सरकारले सबै स्थानीय तहमा जोखिम न्युनिकरण विपद् व्यवस्थापनका लागि अभियान सञ्चालन गरेको बताए ।

उनले सरकारको एक्लो प्रयासबाट मात्र जोखिम न्युनिकरण नहुने भन्दै त्यसका लागि सबैको सहयोग आवश्यक रहेको बताए । प्रदेश-१ का प्रमुख सचिव केदार न्यौपानेले, जोखिम आउँनु पूर्व त्यसको न्युनिकरण र व्यवस्थापनका लागि ठोस योजना बनाउनुपर्नेमा जोड दिए ।