काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विभिन्न घटनामा संलग्न २४ जना पक्राउ

9.56K
shares

प्रहरी परिसर काठमाडौंले पछिल्लो चार दिनमा विभिन्न घटनामा संलग्न २४ लाई पक्राउ गरी कार्बाही प्रक्रिया अघि बढाएको छ । प्रहरीले लागु औषध कारोबारमा संलग्न रहेको आरोपमा १०, ठगी प्रकरणका १० र अन्य विभिन्न घटनामा संलग्न रहेका चार जनालाई पक्राउ गरेको जानकारी दिएको छ ।

परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार पुस २३ गते काठमाडौंको नागढुङ्गामा गाडी जाँचका क्रममा बर्दियाका सुरेश लामिछानेलाई र काठमाडौं सुकेधाराबाट अन्य तीन गरी चार जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको हो ।

नागढुङ्गाबाटै एककिलो चरेशसहित धादिङ किराञ्चोकका सुरेश तामाङ, नाइट्राभेट र स्पास्मो ६३ ट्याबलेटसहित दुई र काठमाडौंको तीनकुनेबाट नाइट्राभेट १९५ ट्याबलेटसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

काठमाडौंको कपनबाट सुनजस्तो देखिने एक किलो पहेँलो धातु र नगद रु तीन लाख ७० हजारसहित लाक्पा शेर्पालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । शेर्पा यसअघि पनि नक्कली सुनसहित तीन पटक पक्राउ परी धरौटीमा रिहा भएका र वि.सं. २०५५ मा कर्तव्य ज्यान मुद्दामा ११ वर्ष सजाय भुक्तान गरेका व्यक्ति रहेको खुल्न आएको प्रवक्ता बोगटीले जानकारी दिए ।

 

फेसबुकबाट सन्देश पठाई ठगी गर्ने पक्राउ

यस्तै चिट्ठा पर्यो भन्दै भाइबर, फेसबुकमा सन्देश पठाउँदै आइएमइमार्फत लाखौं ठगी गर्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी परिसरले जनाएको छ । पक्राउ पर्नेमा खोटाङका इन्द्रबहादुर पुरी, टीकाराम भुजेल र लेखबहादुर खड्का छन् ।

उनीहरुको साथबाट प्रहरीले ५० हजार बरामद गरेको छ । उनीहरुले आइएमइबाट छ लाख निकालेको अनुसन्धानमा खुल्न आएको जनाइएको छ ।

काठमाडौंको गोङ्गबुबाट २३ हजार डलरजस्तो देखिने कागजको बिटासहित सिन्धुलीका कुमसिंह घिसिङ र सोही ठाउँका प्रेमबहादुर तामाङलाई सोमबार पक्राउ गरी अनुसन्धान थालिएको छ । प्रारम्भिक अनुसन्धानमा उनीहरुले दुई लाखभन्दा बढी ठगेको खुल्न आएको र काठमाडौंका विभिन्न स्थानमा डलर साटिदिन्छु भनी एकान्तमा लगि लुटपाट गर्ने गरेको प्रहरीले जनाएको छ ।

यस्तै तीन वटा नागरिकता बनाई सामान गठी गर्ने धनगढीका वासुदेव मैनाली पक्राउ परेका छन् । उनले रामचन्द्र शर्मा, शिवराम पौडेल र वासुदेव मैनालीको नाममा नागरिकता बनाई नाम परिवर्तन गरी ४० लाखभन्दा बढी ठगी गरेको खुल्न आएको छ ।

उनीहरुले ठूला व्यापारी भनी विभिन्न स्थानबाट टिभी, फ्रिज, जेनेरेटर विदेशी मदिरा लिई चेक दिई ठगी गर्ने गरेको प्रहरीले जनाएको छ । यता वैदेशिक रोजगार विभागमा विचौलिया गर्दै आएका सात जनालाई समेत मंगलबार प्रहरीले पक्राउ गरेको छ । उनीहरुको विषयमा अनुसन्धान भइरहेको प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
रासस