काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

पश्चिम रुकुमका सोलाबाङ, झुल्नेता र सिम्लीमा कुमारी बैंक

17.2K
shares

कुमारी बैंकले पश्चिम रुकुमका तीन स्थानमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले मुसिकोट नगरपालिका–४, सोलाबाङ, त्रिवेणी गाउँपालिका–३, झुल्नेता र सानीभेरी गाउँपालिका–९, सिम्लीमा शाखारहित बैंकिङ सेवा सुरू गरेको हो ।

जिल्ला सदरमुकाम मुसिकोट खलंगाबाट पाँच वर्षदेखि बैंकिङ सेवा दिइरहेको कुमारी बैंकले फिनलिट नेपालको सहकार्यमा जिल्लामा शाखारहित बैंकिङ सेवा सञ्चालन गरेको जनाएको छ । सोलाबाङस्थित श्री बालकल्याण माध्यमिक विद्यालयको प्रांगणमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले शाखारहित बैंकिङ सेवाको सुरूवात गरेका छन् ।

देशभरका ८८ शाखा, ८१ एटिएम, २ एक्सटेन्सन काउन्टरबाट बैंकले अत्याधुनिक इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, भाइबर बैंकिङ, रेमिट्यान्स, सि–आस्वालगायतका सेवा प्रदान गर्दै आएको छ ।