काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपाल पत्रकार महासंघमा पुस्तकालय स्थापना

11.05K
shares

नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा पुस्तकालयको स्थापना गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को सहयोग तथा नेपाल लाइब्रेरी फाउण्डेसनको प्राविधिक सहयोगमा महासङ्घमा ‘पत्रकार पुस्तकालय तथा स्रोत केन्द्र’ स्थापना गरिएको हो ।

बिहीबार एक कार्यक्रमबीच गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले महासङ्घका अधयक्ष गोविन्द आचार्यलाई उक्त पुस्तकालय हस्तान्तरण गरे । महासङ्घका अध्यक्ष आचार्यले पुस्तकालय पत्रकार तथा पत्रकारिताप्रति चाख राख्ने सबैलाई उपयुक्त हुने बताए । उनले पत्रकारलाई पुस्तकालयले पढ्ने वातावरण बनाउने बताए ।

सङ्घका अध्यक्ष भट्टले विश्वका ठूलाठूला पुस्तकालयको अनुसरण गर्दै महासङ्घमा पत्रकारलाई पढ्नका लागि पुस्तकालय निर्माण गरिएको बताए । उनले आगामी दिनमा यसलाई डिजिटल पुस्तकालयका रुपमा स्तरोन्नति गरिने बताए । प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पढ्ने बानी छुटेकाका लागि पुस्तकालय महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा सङ्घका प्रवक्ता भूषण घिमिरे, सल्लाहकार डा. हेमराज शर्मा र नेपाल पुस्तकालय फाउण्डेसनका उपाध्यक्ष मणिराम फुयाँलले पुस्तकालय पत्रकारका लागि पढ्ने र अनुसन्धान गर्न महत्वपूर्ण थलो हुने बताए । सो अवसरमा पुस्तकालयका लागि आवश्यक पुस्तक, फर्निचर, कम्प्युटरलगायत सामाग्री हस्तान्तरण गरिएको थियो । (रासस)