काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेपालमै पहिलो पटक बालचिकित्सासम्बन्धी परीक्षा

11.15K
shares

चिकित्सासम्बन्धी विश्व प्रसिद्ध रोयल कलेज अफ इङ्ल्याण्डले नेपालमा पहिलोपटक बालचिकित्सासम्बन्धी एमआरसिपिसिएच तहको परीक्षा सञ्चालन गरेको छ । पहिले सो तहको परीक्षा दिन बेलायत नै जानुपर्ने अवस्था रहेकामा अहिले नेपालबाट नै दिन सकिने भएको छ ।

रोयल कलेज अफ पिडियाट्रिक एण्ड चाइल्ड हेल्थ युके र कान्ति बाल अस्पतालसँगको सहाकार्यमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा शनिबार र आइतबार सञ्चालन हुने सो परीक्षाका लागि रोयल कलेज अफ पिडियाट्रिक्स एण्ड चाइल्ड हेल्थ बेलायतबाट १५ जना विभागीय प्रमुख नेपाल आएका छन् । परीक्षामा नेपालका चारसहित भारत, मलेसिया, म्यान्मा र मध्यपूर्वका गरी २४ जना बालरोग चिकित्सक सहभागी छन् ।

शनिबार आयोजित कार्यक्रममा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले अस्पतालमा उपलब्ध विश्वस्तरीय सेवा सुविधा तथा विशेषज्ञहरु भएकाले रोयल कलेज अफ इङ्ल्याण्डले नेपालमा एमआरसिपिसिएच परीक्षाका लागि छनौट गरेको बताए । उनले अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउन यसबाट सहयोग पुग्ने विश्वास व्यक्त गरे । राष्ट्रिय अन्तर्रा्ष्ट्रिय सहकार्यमा यस किसिमका मेडिकल शिक्षा क्षेत्रका विविध विषयमा सहकार्य गरी अघि बढ्न अस्पताल तत्पर तत्पर उनको भनाइ छ ।

आरसिपिसिएचका रणनीतिक प्रमुख डा. रमेश मेहताले यस किसिमको परीक्षा नेपालमा सञ्चालन हुनु गर्वको विषय भएकाले यसले नेपाललाई सार्क मुलुकहरुको परीक्षा केन्द्रको रुपमा स्थापित गर्न सकिने सम्भावना रहेको बताए । उनले संसारभरका ३५ वटा मुलुकमा रहेका परीक्षा केन्द्रहरुमार्फत हरेक वर्ष छ हजार बालरोग विशेषज्ञको परीक्षा लिने गरिएको समेत जानकारी दिए ।

आरसिपिसिएचका सिनियर एक्जामिनर डा. मिथलेश लालले पहिलोपटक नेपालमा हुन लागेको एमआरसिपिसिएच परीक्षा यस पटक परिमार्जित तथा प्राविधिक हिसाबले समेत थप स्तरीय रहेको जानकारी दिए ।

आरसिपिसिएच सिनियर एक्जामिनर डा. चन्डेश्वर महासेठले धेरै वर्षको प्रयासपछि नेपालले पहिलोपटक यस किसिमको परीक्षा सञ्चालन गर्ने अवसर पाएको बताउँदै यसबाट नेपाली चिकित्सा शिक्षा क्षेत्रले ठूलो फड्को मारेको दाबी गरे ।