काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

गाडी प्रकरणले तात्यो संसद् : तत्काल सत्यतथ्य बाहिर ल्याउन दबाब

12.79K
shares

बजार मूल्यभन्दा महँगोमा गाडी खरिद गरेपछि प्रदेश ५ सरकारविरुद्ध सांसदहरु उत्रिएका छन् । प्रदेश सभा सचिवालय र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले महँगो मूल्यमा सुविधा सम्पन्न गाडी खरिद गरेको भन्दै सांसदहरु विरोधमा उत्रिएका हुन् । सचिवालयले ११ वटा र कृषि मन्त्रालयले ३ वटा सुविधा सम्पन्न गाडी खरिद गरेका थिए ।

आइतबारको प्रदेश सभा बैठकमा सांसदहरुले गाडी प्रकरणलाई मुख्य विषय बनाएर आ–आफ्नो धारणा राखेका छन् । गाडी खरिदमा अनियमितता भएको भन्दै सांसदहरुले सचिवालय र सरकारको विरोध गरे । विशेष समयमा सांसद फकुरुद्धिन खानले मन्त्रालय र प्रदेश सभाले खरिद गरेका गाडीमा अनियमितताको आशंका बढेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

त्यस्तै, सांसद दलबहादुर रानाले गाडी खरिदलगायत सरकारका काम कारबाही निकै निराशाजनक रहेको बताए । सरकारले एक वर्षको समयावधिमा समेत केही काम गर्न नसकेको भन्दै कडा आलोचना गरे ।

अनियमितताबारे छानबिन
प्रदेश सभाले खरिद गरेका ११ वटा र मन्त्रालयले खरिद गरेका ३ वटा गाडीमा अनियमितता भएको भन्दै सार्वजनिक लेखा समितिले छानबिन थालेको छ । लेखा समितिले सांसद कुलप्रसाद पोखरेलको संयोजकत्वमा तीन सदस्यीय उपसमिति बनाएर अध्ययन थालेको हो ।

प्रदेश सभाले टाटा स्ट्रोम गाडी खरिदमा उपभोक्ता मूल्यभन्दा झन्डै चार लाख र मन्त्रालयले साढे चार लाख रकम बढी दिएको पाइएको छ । गाडीको मूल्य ६८ लाख ५५ हजार छ । मन्त्रालयले ७३ लाख र संसद सचिवायलले ७२ लाखमा गाडी खरिद गरेका छन् । खरिद भएका गाडीमा तीन मन्त्री, उपसभामुख, समितिका सभापति तथा सत्ता र विपक्षी दलका नेता सचेतक चढ्दै आएका छन् ।

मुख्यमन्त्रीको सम्बोधन
बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले समितिको प्रतिवेदन आउँदासम्म धैर्य गर्न सांसदलाई आग्रह गरे । ‘सार्वजनिक लेखा समितिले छानबिन थालेको छ,’ उनले भने, ‘प्राविधिक र प्रक्रियागत कुरासहितको प्रतिवेदन आउनेछ, त्यतिन्जेल कुरौं ।’