उदयपुरको देउरीमा एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ
वि.सं.२०७५ पुस ३० सोमवार ०१:४१
shares

सहरी तथा ग्रामीण जिल्लामा आफ्नो सशक्त उपस्थिति बनाउने उद्देश्यले एनआईसी एशिया बैंकले उदयपुरको देउरीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ । बैंकले उदयपुरको त्रियुगा नगरपालिका–५, देउरीमा पुस २८ देखि २३औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
उक्त शाखारहित बैंकिङ सेवाको त्रियुगा–५ का अध्यक्ष उद्धव थापाले उद्घाटन गरे । शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा बैंकले हरि श्रेष्ठलाई नियुक्त गरेको जनाएको छ ।
शाखारहित बैंकिङ सेवाबाट बैंकिङ कारोबारका लागि स्थानीयलाई लामो दूरीसम्म हिँड्नुपर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रमा बैंकिङ कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ । यस्तो सेवाबाट स्थानीयले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा ब्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्र्न सक्नेछन् ।
एनआईसी एशिया बैंकका देशभर २७० शाखा कार्यालय, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर र २३ वटा शाखारहित बैंकिङ इकाइ छन् ।

























