काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सेतो मछिन्द्रनाथको महास्नान सम्पन्न

26.88K
shares

काठमाडौंको केलटोलस्थित जन बहाः भनिने कनकचैत्य महाविहारमा अवस्थित आर्यावलोकितेश्वर (सेतो मछिन्द्रनाथ) को महास्नान सोमबार बेलुका विधिपूर्वक सम्पन्न गरियो ।

महाविहारमा रहेको विशेष मण्डपमा विशुद्ध पानीको घडाबाट सेतो मछिन्द्रनाथको बज्राचार्य गुरुहरुबाट स्नान गराउने काम भएको थियो । यस कर्मलाई स्थानीय भाषामा ‘न्हवं’ वा ‘धलिँ लुइगु’ भनिन्छ ।

हरेक वर्ष पोहेलाथ्व अष्टमीका दिन महास्नान गराइन्छ । अष्टरत्न बज्राचार्यले धार्मिक विधिपूर्वक पुजा सम्पन्न गरेका थिए । मछिन्द्रनाथका पुजारीहरुले तीन पटक चिसो तथा एक पटक तातो पानीले स्नान गराउँदा पयँता धून र नायखिं बाजा बजाइएको थियो ।

सेतो मछिन्द्रनाथको मन्दिर राजा यक्ष मल्लको शासन कालमा निर्माण भएको मानिन्छ । महास्नान हेर्न महाविहार परिसर ठूलो सङ्ख्यामा भक्तजनको भीड लागेको थियो ।