कम्पनी रजिस्ट्रार कार्यालयकी सहायक रजिस्ट्रार घुससहित पक्राउ
वि.सं.२०७५ माघ १ मंगलवार १९:५३
shares

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरकी सहायक रजिस्ट्रार गीता कुमारी पन्थीलाई घुससहति पक्राउ गरेको छ । अख्तियारका अनुसार सहायक रजिस्ट्रार पन्थीलाई सेवाग्राहीसँग लिएको एक लाख घुससहति पक्राउ गरिएको हो ।
‘कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वर, काठमाडौंका सहायक रजिस्ट्रार गीता कुमारी पन्थीले कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा दर्ता रहेको स्कुलको हालसम्म बाँकी रहेको कर तिर्न जाँदा राजश्व रकम कम गरिदिने वहानामा सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा,’ अख्तियारद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ, ‘निज सहायक रजिस्ट्रार गीता कुमारी पन्थीले सेवाग्राहीसँग रू एक लाख घुसबापतकत्र रकम लिई निजकी छोरीलाई राख्न दिएको अवस्थामा निजहरू दुवै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।’
अख्तियारका अनुसार उनीहरूलाई एनएमबी बैंकको पार्किङस्थलबाट पक्राउ गरिएको हो ।

























