काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

स्वतन्त्र पत्रकार संघ रुपन्देशी शाखाको अध्यक्षमा पहाडी

17.81K
shares

स्वतन्त्र पत्रकार संघ रुपन्देही शाखाको अध्यक्षमा अनिल पहाडी चयन भएका छन् । रुपन्देही शाखाको बुटवलमा शनिबार सम्पन्न तेस्रो अधिवेसनले पहाडीको अध्यक्षतामा १५ सदस्य कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षमा चक्रपाणी डुम्रे, सचिवमा विष्णु कुँवर, सहसचिव छविन्द्र भण्डारी, कोषाध्यक्षमा प्रेम बुढाथोकी, सहकोषाध्यक्षमा अम्बिका थारु र सदस्यहरुमा मोहन केसी, विनोद विष्ट, विमल भट्टराई, मनिसा अधिकारी, सुमी पन्त, इन्दिरा हमाल, विजयलक्ष्मी खनाल, सरु वाग्ले र मिलन पंगेनी चयन भएका छन् ।

त्यस्तै, राष्ट्रिय पार्षदमा राजेन्द्रजंग रायमाझी, उल्टो साइकल यात्री वीरेन्द्र पाण्डे, बाबुराम गैरे, दिनेशकुमार श्रेष्ठ, अशोक गौतम क्षितिज र सीता दर्नाल चयन भए । प्रदेश पार्षदमा सुदिप ढकाल, गोविन्द रसाइली, ईश्वर पौडेल, प्रिया अधिकारी, रमेश शिलुवाल, दिवस विष्ट र सन्तोस पुन चयन भए ।

संघका राष्ट्रिय महासचिव नवराज पहारीको संयोजकत्वमा निर्वाचन कमिटी गठन भएको थियो । समितिको सदस्यमा गण्डकी प्रदेश संयोजक दीननाथ बराल र अर्घखाँची शाखाका राष्ट्रिय पार्षद डिआर सुमन रहेका थिए ।

यसअघि, अधिवेसनको उद्घाटन गर्दै प्रदेश नम्बर ५ का सांसद कमलादेवी विश्वकर्माले सत्यतथ्य र खोजमूलक पत्रकारिता आजको आवश्यकता भएको बताइन् । पत्रकारले स्वतन्त्र ढंगबाट सरकारलाई समेत मार्गदर्शक हुनेगरी कलम चलाउन उनले आग्रह गरिन् । उनले भनिन्, ‘परिवर्तनलाई व्यवस्थित गर्न पत्रकारको अहं भूमिका खेल्नुपर्छ, जनताको पहुँच नपुगेका ठाँउमा पत्रकार पुग्नुपर्छ ।’

संघका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले संघको हालसम्म १६ जिल्लामा शाखा विस्तार भएको बताउँदै वैशाख १६ गते राष्ट्रिय महाधिवेसन गर्ने तयारी सुरु गरेको जनाए । उनले जनताको स्वतन्त्रताको रक्षा गर्ने पत्रकार निष्पक्ष हुनुपर्नेमा जोड दिए । रुपन्देहीका अग्रज पत्रकार बाबुराम अधिकारीले लहड–लहडमा कसैले पत्रकारिता गर्न नहुने भन्दै त्यसलाई राम्रोसँग बुझेर गर्न आग्रह गरे ।

पूर्वसांसद विनोद पहाडीले स्वतन्त्र पत्रकार संघमा सबैलाई अट्ने बनाउन आग्रह गरे । नेपाल पत्रकार महासंघ रुपन्देहीका संस्थापक अध्यक्ष बालकृष्ण चापागाईंले समाजको हित हुने गरी पत्रकारिता गर्दा पार्टीबाटै कारबाही हुनुपरेको गुनासो गरे ।