विश्वकै जेष्ठ नागरिक मसाजो नोनाकाको निधन
वि.सं.२०७५ माघ ६ आइतवार २२:३२
shares

विश्वकै सबैभन्दा जेठा व्यक्तिको आइतबार ११३ बर्षको उमेरमा निधन भएको छ ।
जापानका नागरिक मसाजो नोनाकाको आइतबार निधन भएको अधिकारीले पुष्टि गरेका छन् । राइट दाजुभाईले पहिलो उडान गराएको दुई वर्षपछि सन् १९०५ मा उनको जन्म भएको थियो । गिनिज वल्र्ड रेकर्डका अनुसार गत वर्ष स्पेनका नागरिक फ्रान्सीस्को नुनेज ओलिभेराको निधन भएपछि नोनाका संसारकै सबैभन्दा जेठो व्यक्ति भएका थिए ।
नोनाकाको ६ जना दाजुभाई र एक बहिनी थिए । १९३१ मा विवाह गरेका नोनाकाका पाँच जना सन्तान थिए ।

























