काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसदले गरे हंगामा, १५ मिनेटका लागि बैठक स्थगित

15.6K
shares

प्रतिनिधिसभाको मंगलबारको बैठकमा पनि कांग्रेसले हंगामा गरेको छ । सांसदहरुको अवरोधका कारण सभामुख कृष्णबहादुर महराले बैठक सञ्चालन गर्न सकेका छैनन् । उनले १५ मिनेटका लागि बैठक स्थगित गरेकाे जानकारी गराएका छन् । जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई अबिलम्व केन्द्र सरकार मातहत राख्न र चिकित्सा शिक्षा विधेयक अबिलम्ब संशोधन गर्न माग गर्दै कांग्रेस सांसदहरुले नाराबाजी  गरेका छन् ।
यसअघि कांग्रेसले आफ्ना माग पूरा नभएसम्म संसद चल्न नदिने निर्णय गरेको छ । कांग्रेसले सोमबारको संघीय संसदका दुवै सदनको बैठक अवरुद्ध गरेको थियो ।

जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई अबिलम्व केन्द्र सरकार मातहत राख्न र चिकित्सा शिक्षा विधेयक अबिलम्ब संशोधन गर्न कांग्रेसले माग गर्दै आएको छ ।