माग पूरा नभएसम्म संसदमा अवरोध गर्ने कांग्रेसकाे निर्णय
वि.सं.२०७५ माघ ८ मंगलवार २१:०६
shares

प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आफ्ना माग पूरा नभएसम्म संसद चल्न नदिने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको बैठकले जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई अबिलम्व केन्द्र सरकार मातहत नराखेसम्म संसदमा अवरोध गरिरहने निर्णय गरेको सो पार्टीका सचेतक बालकृष्ण खाँडले जानकारी दिए । कांग्रेसले सोमबारको संघीय संसदका दुवै सदनको बैठक अवरुद्ध गरेको थियो ।
जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई अबिलम्व केन्द्र सरकार मातहत राख्न तथा चिकित्सा शिक्षा विधेयक अबिलम्ब संशोधन गर्न कांग्रेसले माग गर्दै आएको छ ।

























