काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

यात्रुले छाडेको पाँच लाख रूपैयाँ रिक्सा चालकले गरे फिर्ता

14.24K
shares

झापामा रिक्सा चालकले एक यात्रुले छाडेको पाँच लाख रुपैयाँ फिर्ता गरेका छन् ।

अर्जुनधारा नगरपालिका–३ बस्ने ३७ वर्षीय कमल ढुंगेलले आफ्नो अटो रिक्सामा सवार एक यात्रुले छाडेको पाँच लाख रुपैयाँ प्रहरीमार्फत फिर्ता गरेर इमान्दारिताको उदाहरण दिएका हुन् । इलाम रोङ–२ का व्यापारी प्रदीप सुन्दासले अर्जुनधाराबाट बिर्तामोड जाँदै गर्दा नगद भएको झोला ढुंगेलकै अटो रिक्सामै छाडेर हिँडेका थिए ।

ढंगेलले इलाका प्रहरी कार्यालय अनारमनीमार्फत सो नगद सुन्दासलाई आज फिर्ता गरेको झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।