काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

नेकपा : एकताको ८ महिना बिते पनि तल्ला कमिटी अन्यौलमै

12.75K
shares

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र­)बीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को गठन भयो । तर त्यसयता नेकपाको एकता प्रकृया पटक-पटक लम्बिँदै गएको छ ।

एकता प्रकृयालाई समयमै पूरा गर्न भन्दै नेकपाले कार्यदल पनि बनायो । र, एक महिनाभित्र सम्पूर्ण एकता प्रकृया पूरा गर्ने भन्यो । तर, उक्त कार्यदलले सो अवधिमा प्रतिवेदन नै बनाउन सकेन ।

गत पुस ११ गते सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले एकता प्रकृया टुंग्याउनका लागि ९ सदस्यीय कार्यदल बनाएको थियो । तर, उक्त कार्यदलले प्रतिवेदन समेत तयार पार्न सकेको छैन ।

तत्कालीन नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)बीचमा पार्टी एकता हुँदा तीन महिनाभित्र एकताका सबै प्रक्रिया टुंग्याउने सहमति भएको थियो । जेठ ३ गते एकता भएपछि साउनभित्र पार्टी एकताका सबै काम टुङ्गाउने भनिए पनि एकताको ८ महिना बितिसक्दा समेत काम सकिएको छैन ।

कार्यदलभित्र नै अन्यौला सिर्जना हुँदा एकताको प्रक्रिया पछाडि धकेलिँदै गएको देखिन्छ । पार्टी एकताका लागि यस अघि गठित कार्यदलमाथि बनाइएको कार्यदल नै अन्यौलमा पर्दा एकता पनि थप लम्बिँदै गएको हो । कार्यदललाई १५ दिनभित्र एकताका बाँकी काम पूरा गर्ने गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी दिइए पनि महिना दिन पुग्दा समेत काम सकेको छैन ।

सदस्यहरु नै गुटका आधारमा विभाजित हुँदा समस्या आएको कार्यदलका सदस्यहरु बताउछन् ।  कार्यदलका एक सदस्यले न्युज कारोबारसँग भने ‘पुष २६ भित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइए पनि, पाएको अधिकारका विषयमा कार्यदलभित्र गहन रुपमा छलफल पनि हुन सकेको छैन, विभिन्न पक्षबीच विचारमा असहमति भएकाले छलफल अगाडि बढ्न नसकेको हो ।’

कार्यदलले महिनादिनसम्म प्रतिवेदन तयार पार्न नसके पनि अब भने केही दिनभित्रै काम सकिने कार्यदल सदस्य बेदुराम भुसाल बताउँछन् । ‘एकताको बाँकी काम छिट्टै टुंगो लगउँछौं, काम छिट्टो सक्ने गरी छलफल गरिरहेका छौं,’ उनले भने ।

लामो समयपछि बसेको नेकपा स्थायी कमिटीले कार्यदल गठन गरेको थियो । कार्यदल सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’को नेतृत्वमा छ । कार्यदललाई केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो गठन, जिल्ला कमिटीसहित जनवर्गीय संगठन, विभाग एवं आयोगको एकता टुंगो लगाउँने जिम्मेवारी छ ।

नेताहरुलाई दोहोरो जिम्मेवारी नदिने नीति अनुसार कार्यदललाई दोहोरो जिम्मेवारी हटाउने विषयमा सुझाव दिने भनिएको छ । गण्डकी प्रदेश र प्रदेश ५ का मुख्य मन्त्रीलाई पार्टी प्रदेशको जिम्मेवारीसमेत दिइएको छ । गण्डकीका मुख्यमन्त्री पृथ्विसुब्बम गुरुङ र ५ का मुख्यमन्त्री शंकर पोखरेलले दोहोरो जिम्मेवारी पाएकाले उनीहरुलाई प्रदेश प्रमुखबाट हटाउने विषयमा कार्यदलमा चर्चा चलेको छ ।

प्रदेश-५ का मुख्यमन्त्री पोखरेल आँफै कार्यदल सदस्य छन् । ओली निकटका उनी र कार्यदलका रहेका अरु सदस्यबीचको विवादका कारण सो विषयमा कार्यदलले कुनै निर्णय गर्न सकेको छैन ।

नौ सदस्यीय कार्यदलमा रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, लेखराज भट्ट, बेदुराम भुसाल र रघुवीर महासेठ छन् । जसमध्ये पौडेल र पोखरेल पनि ओली गुटका मानिन्छन् । पूर्व माओवादी नेताहरु पुन, भट्ट र संयोजक थापा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट छन् । त्यस्तै कार्यदल सदस्य भट्टराई, पाण्डे र भुसाल नेता माधव कमुमार नेपाल गुटको नेतृत्व गरिरहेका छन् ।