global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ एनआईसी एशियाको प्रदेशस्तरमा ‘चमत्कारिक बचत’ कार्यक्रम

एनआईसी एशियाको प्रदेशस्तरमा ‘चमत्कारिक बचत’ कार्यक्रम

एनआईसी एशियाको प्रदेशस्तरमा ‘चमत्कारिक बचत’ कार्यक्रम

एनआईसी एशिया बैंकले प्रदेशस्तरमा विभिन्न २२ विशेषतायुक्त नयाँ निक्षेप योजनाबारे जानकारी गराउन थालेको छ ।

एनआईसीको विराटनगरस्थित प्रदेश कार्यालयले आइतबार विराटनगरमा गरिएको पत्रकार सम्मेलनमा बचत तथा ऋण प्रवाहसँग सम्बन्धित योजनाबारे जानकारी दिइएको हो । बंैक २२ वर्षमा प्रवेश गरेको अवसरमा उच्च ब्याजदरसँगै २२ विशेषतासहितको १५ नयाँ बचत निक्षेप योजना ल्याएको एनआईसी प्रदेश प्रमुख लक्ष्मण चालिसेले बताए ।

बैंकले चमत्कारिक बचत खाता, नारी बचत खाता, जेष्ठ नागरिक बचत खाता, बाबु नानी बचत खाता, विद्यार्थी बचत खाता, स्वरोजगार बचत खाता सञ्चालनमा ल्याएको छ । यस्तै कर्मचारी लक्षित चमत्कारिक तलब बचत खाता पनि सुरु भएको छ ।

बैंकको २ सय ८० शाखा कार्यालय र अनलाइनबाटै खाता खोल्न सकिने बैंकले जनाएको छ ।

प्रकाशित समय : ००:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु