global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ आईपीएलमा बेंगलोरको लगातार छैटौं हार, दिल्ली ४ विकेटले विजयी

आईपीएलमा बेंगलोरको लगातार छैटौं हार, दिल्ली ४ विकेटले विजयी

आईपीएलमा बेंगलोरको लगातार छैटौं हार, दिल्ली ४ विकेटले विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंगलोरले लगातार छैटौं हार ब्यहोरेको छ । आइतबार बेलुका सम्पन्न खेलमा बेंगलोर दिल्ली क्यापिटल्ससँग ४ विकेटले पराजित भएको हो । योसँगै बेंगलोरको अर्को चरणमा पुग्ने सम्भावना कमजोर बनेको छ ।

१ सय ५० रनको लक्ष्य दिल्लीले १८ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । कप्तान श्रेयस ऐरले ६७ रनको महत्वपूर्ण योगदान गरे । ओपनर पृथ्वी शाले २८, कोलिन इनग्राम २२, ऋषभ पन्त १८ र अक्षर पटेलले ४ रन जोडे । शिखर धवन भने शून्यमा आउट भए । बेंगलोरका लागि नवदीप सैनीले २, पवन निगी, टिम साउदी, मोइन अली र मोहम्मद सिराजले समान १–१ विकेट लिए ।

यसअघि, घरेलु मैदान चिन्नास्वामी स्टेडियमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४९ रन बनाएको थियो । कप्तान विराट कोहलीले ४१ रनको योगदान गरे । मोइन अलीले ३२,पार्थिव पटेल ९, एवी डी भिलियर्स १७, मार्कस स्टोइनिस १५ र अक्ष्यदीप नाथ १९ रन बनाउँदै आउट भए ।

दिल्लीका कागीसो रबाडाले ४ ओभरमा २१ रन खर्चेर ४ विकेट हात पारे । क्रिस मोरिसले २, अक्षर पटेल र सन्दीप लामिछानेले समान १–१ विकेट लिए । सन्दीप निकै महंगो सावित भए उनले ४ ओभरमा ४६ रन खर्चिएका थिए ।

अंक विहीन बेंगलोरको प्लेअफ पुग्ने सम्भावना कठिन बनेको छ । दिल्ली तालिकामा पाँचौ स्थानमा छ ।

प्रकाशित समय : ०१:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु