गृहपृष्ठ लोडसेडिङ गराउने खेल सुरु भयो : कुलमान घिसिङ
लोडसेडिङ गराउने खेल सुरु भयो : कुलमान घिसिङ
नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले देशमा लोडसेडिङ गराउनेहरु सल्बलाएको बताएका छन् । सोमबार प्राधिकरणमा पत्रकार सम्मेलन गर्दै घिसिङले विगतमा देशलाई अँध्यारोमा राखेका व्यक्तिहरु सल्बलाएको दाबी गरे ।
केही व्यक्ति र मिडिया परिचालन गरेर आफ्नो बारेमा अनर्गल प्रचार भैरहेको उनको गुनासो थियो । गैरकानूनी रुपमा ६० लाख भन्दा बढी भत्ता बुझेको भन्दै केही सञ्चारमाध्यमा समाचार प्रकाशित भएपछि उनले त्यस्तो बताएका हुन् ।
उनले भने, ‘मैले ६० लाख भत्ता लिएको छैन, राम्रो गरेको भन्दै सरकारले ६ लाख दिएको हो ।’ निर्देशक घिसिङले विगतमा ९ अर्ब घाटामा गएको प्राधिकरण अहिले नाफामा गएको दाबी समेत गरे ।
प्रकाशित समय : २२:०८ बजे




















