गृहपृष्ठ अर्घाखाँचीमा जिप दुर्घटना, २ को मृत्यु, १२ घाइते
अर्घाखाँचीमा जिप दुर्घटना, २ को मृत्यु, १२ घाइते
अर्घाखाँचीको नुवाकोटमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका वडा नम्बर ८ नुवाकोटको लात्तेबाजमा लु १ ज १२२९ नम्बरको जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । अन्य १२ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर छ । घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल लगिएको छ । मृत्यु भएकाहरुको पहिचार हुन नसकेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय : २१:३० बजे




















