global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ स्थानीय तहमा खोजिँदै प्रतिभा, उदयपुरमा ‘बेलका आइडल’ को खोजी

स्थानीय तहमा खोजिँदै प्रतिभा, उदयपुरमा ‘बेलका आइडल’ को खोजी

स्थानीय तहमा खोजिँदै प्रतिभा, उदयपुरमा ‘बेलका आइडल’ को खोजी

स्थानीय तहमा छुपेका प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले उदयपुरको बेलका नगरपालिकामा ‘दोस्रो बेलका आइडल’ (नगरस्तरीय नृत्य प्रतियोगिता) आयोजना गरिने भएको छ । बेलका नगरपालिका वडा नं. ५, खयरबनीमा रहेको समाज सुधार बालकल्याण समूहको आयोजनामा चैत ३० गतेदेखि आगामी बैशाख २ गतेसम्म नगरस्तरीय बेलका आइडल सञ्चालन हुने आयोजक संस्थाका संस्थापक अध्यक्ष एवं सल्लाहकार सुरिन गौतमले जानकारी दिए ।

बेलका ५ पोखरेस्थित प्रभाकरी माध्यामिक विद्यालयको प्राङ्गणमा हुने खुल्ला नृत्य प्रतियोगितामा प्रथम हुनेले २५ हजार रुपैयाँ नगद, शिल्ड र प्रमाणपत्र, दोस्रोले १५ हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र तथा तेस्रो हुनेले १० हजार रुपैयाँ, शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सुनसरीको धरान र उदयपुर गाइघाटका जजहरु रहने गौतमले बताए । ‘सहभागिता पनि उत्साहजनकै नै हुने हाम्रो विश्वास छ,’ उनले भने, ‘अहिलेसम्म तीन दर्जन बढीले आवेदन दिएका छन्, आवेदन दिने क्रम जारी छ, यो अघिल्लो वर्षको तुलनामा बढी हो ।’

अघिल्लो वर्षको प्रतियोगितामा बेलका ६ कि रस्मिना राई प्रथम, बेलका ९ कि मनिका बिक दोस्रो र बेलका ९ कै कविता शिवा तेस्रो भएका थिए । यो वर्ष प्रतियोगिताको सह–आयोजकमा जलकन्या युवा समूह, शुभलाभ कृषि सहकारी संस्था र लालीगुराँस युवा क्लब रहेका छन् ।

प्रकाशित समय : २१:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु