गृहपृष्ठ यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
यातायात कार्यालय जुम्लाद्वारा एक करोड १६ लाख राजस्व सङ्कलन
जुम्ला । यातायात व्यवस्था सेवा कार्यालय जुम्लाले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाख २४ गतेसम्म एक करोड १६ लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ । चालु आवमा दुई करोड राजस्व सङ्कलनको लक्ष्य लिएकामा १० महिनामा उक्त रकम सङ्कलन भएको कार्यालय प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए ।
सङ्कलित रकममध्ये यातायात क्षेत्रको आम्दानीतर्फ १५ लाख सात हजार ९२२, चालक अनुमतिपत्र, सवारी दर्ता किताबसम्बन्धी दस्तुरवापत चार लाख ३५ हजार ५२६, सवारीसाधन करतर्फ ५७ लाख तीन हजार ९०६ र प्रशासनिक दण्ड जरिवानामार्फत एक हजार ५७५ रहेको छ ।
कार्यालयमा चालु आवको साउनदेखि चैत मसान्तसम्म १९८ वटा सवारीसाधन दर्ता भएका छन् । सोही अवधिमा यातायात कार्यालयबाट जारी भएको सवारी चालक अनुमतिपत्रसम्बन्धी मोटरसाइकल–स्कुटर र मोपेड वर्ग ९ए० अन्तर्गत १८८ वटा, कार, जीप, डेलिभरी भ्यान वर्ग ९बी० अन्तर्गत ३८ र चालक अनुमतिपत्र प्रतिलिपि तथा नवीकरण ३९४ गरी जम्मा ६२० वटा चालक अनुमतिपत्र वितरण गरिएको छ ।
प्रकाशित समय : १६:३१ बजे




















