गृहपृष्ठ ‘योगीको यात्रा’ वृत्तचित्र प्रदर्शन
‘योगीको यात्रा’ वृत्तचित्र प्रदर्शन
काठमाडौँ । नेपालमा आरोग्य पर्यटन, योग, ध्यान, साउण्ड हिलिङ तथा वैदिक सनातन आध्यात्मिक परम्पराको संरक्षण र प्रवर्द्धनका लागि निर्मित ‘योगीको यात्रा’ वृत्तचित्र प्रदर्शित भएको छ ।
काठमाडौँ महानगरपालिकाको सम्पदा संरक्षण विभागलगायत निकायको सहकार्यमा न्यू भिजन नेपालले निर्माण गरेको वृत्तचित्रको आज यहाँ महानगरपालिका–१६ का वडाध्यक्ष रोजिना श्रेष्ठको उपस्थितिमा सार्वजनिक गरिएको हो । उक्त वृत्तचित्र सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकामा छायाङ्कन गरिएको त्यस अवसरमा जानकारी दिइयो ।
कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले नेपालको आध्यात्मिक चेतना, प्राकृतिक सम्पदा तथा आरोग्य पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यले निर्माण गरिएको वृत्तचित्रले नेपाली संस्कृति र पर्यटन प्रवर्द्धलाई टेवा दिने बताए ।
न्यू भिजन नेपालका अध्यक्ष अशोक शर्मा भट्टले वैदिक सनातन उपचार पद्धति, हिमालय क्षेत्रको आध्यात्मिक चेतना तथा नेपालको आरोग्य पर्यटनबारे प्रचारप्रसार गराउन आवश्यक रहेको बताए । कार्यक्रममा विभिन्न पेसा र क्षेत्रमा आबद्ध व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
प्रकाशित समय : १६:३५ बजे




















