गृहपृष्ठ विकासमा लघुवित्तको भूमिका महत्पूर्ण : सभामुख घर्ती
विकासमा लघुवित्तको भूमिका महत्पूर्ण : सभामुख घर्ती
जनउत्थान सामुदायिक लघु वित्तीय संस्था बुटवलको वार्षिक सधारण सभा बुटवलमा सम्पन्न भएको छ । साधारण सभाको प्रदेश नम्बर ५ का सभामुख पूर्णबहादुर घर्तीले उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै सभामुख घर्तीले जनताको आर्थिक समृद्धिको लागि उद्यमशिलता विकास गर्न लघु वित्तीय संस्थाको भुमिका महत्पूर्ण हुने बताए ।
सरकारले अहिले सामाजिक उत्तरदायित्व अभियान अन्र्तगत ग्रामिण क्षेत्रका जनताको जीवनस्तर उकास्नको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने अभियानमा रहेको जानकारी दिँदै सभामुख घर्तीले यो अभियानमा सबैको साथ र सहयोग आवश्यकता रहेको बताए । उनले अहिलेको अवस्था व्यवस्था परिर्वतनको अवस्था भएको भन्दै उनले जनताको पक्षमा सरकराले धेरै काम गर्न बाँकी रहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाल सरकारका उपसचिव जनउत्थान सामुदायिक लघु वित्तीय संंस्थाका संस्थापक अध्यक्ष मान बहादुर विश्वकर्माले खासगरी ग्रामिण स्तरका जनताको जीवनस्तर माथि उकास्नको लागि महत्पूर्ण भुमिका निर्वाह गरेको बताएका थिए ।
कार्यक्रममा प्रदेश नम्बर ५ सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद ज्ञवाली, सहसचिव सन्तबहादुर ज्ञवाली, नेपाल राष्ट्र बैंक का भैरहवा निर्देशक अशोक कुमार पौडेल, नेपाल बैंकर्स एशोसीयसनका पर्वत कुमार कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष बाबुराम विकले संस्थलाई अझ बलियो, सफल र जनतामैत्री बनाउदै लैजाने बताएका थिए ।
१९ वटा जिल्ला कार्य क्षेत्र भएको नेपाल सरकारबाट घ बर्गको मान्यता प्राप्त वित्तीय संस्था जनउत्थान सामुदायिक लघु वित्तीय संस्थामा हाल ३३ हजार ५ सय सदस्यहरु रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत श्रीराम पोख्रेलले जानकारी दिए । साथै सोही कार्यक्रममा उत्कृष्ठ वित्तीय कारोबार गर्ने समुहलाई पुरस्कृत गरिएको थियो । यस्तै मानव सेवा आश्रम बुटवललाई पनि स्थापना दिवसको अवसरमा आर्थिक सहयोग गरिएको थियो ।
प्रकाशित समय : २२:०० बजे


















