गृहपृष्ठ पार्टी एकताको काम छिट्टै टुंगिन्छ : प्रचण्ड
पार्टी एकताको काम छिट्टै टुंगिन्छ : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरानै कर्मचारीतन्त्र रहेकाले सरकारलाई काम गर्न समस्या भएको बताएका छन् । चितवनको माडीमा भएको एक कार्यक्रममा उनले राजनीतिक प्रणाली नयाँ भएपनि कर्मचारीतन्त्र पुरानै भएकाले काम गर्न समस्या भएको बताएका हुन् ।
सो अवसरमा अध्यक्ष प्रचण्डले पार्टी एकताको बाँकी काम अब छिट्टै टुंगिने बताए । उनले भने, ‘पार्टी एकताको काम बाँकी छ, केही ढिलाइ भएको छ, अब छिट्टै टुंगिन्छ ।’
निर्वाचित भएपछि पहिलो पटक माडी पुगेका प्रचण्डले माडीको विकासका लागि रिङ रोड बनाउने, रिउ खोलामा तटबन्ध निर्माण गर्ने र सुकुम्बासी समस्या समाधानका लागि पहल भइरहेको बताए ।
प्रकाशित समय : २१:४५ बजे



















