गृहपृष्ठ चिकित्सक संघले बोलायो आकस्मिक बैठक
चिकित्सक संघले बोलायो आकस्मिक बैठक
आन्दोलनको भावी रणनीति बनाउन नेपाल चिकित्सक संघले बैठक बोलाएको छ । बुधबार वीर अस्पताल प्रशासनले प्रहरी लगाएर टिकट काउन्टर खोलाएपछि संघले बैठक बोलाएको हो ।
उपत्यकामा भएका सबै डाक्टरलाई बोलाइएको नेपाल चिकित्सक संघले जनाएको छ । चिकित्सकमाथि भएको धरपकडको निन्दा समेत गरेको छ । आन्दोलनरत डाक्टरहरुले वीर अस्पतालको ओपीडी कक्षमा लगाएको ताला प्रहरीले बल प्रयोग गरेर खुलाएको थियो ।
प्रहरीले ताला खुलाएपछि डाक्टरहरुले आफ्नो कार्यकक्षभन्दा बाहिर बिरामीको जाँच गरेका छन् ।कर्मचारी समायोजनको विरोधमा चिकित्सकहरुले गत शुक्रबारदेखि आकस्मिकबाहेकका सेवा ठप्प पारेका छन् ।

प्रकाशित समय : २२:३५ बजे



















