गृहपृष्ठ उच्च अदालतका १७ न्यायाधीशको शपथ
उच्च अदालतका १७ न्यायाधीशको शपथ
उच्च अदालतमा सिफारिस १७ न्यायाधीशले शपथ ग्रहण गरेका छन् । न्याय परिषद्ले उच्च अदालतमा सिफारिस गरेका १८ मध्ये १७ न्यायाधीशले बुधवार सर्वाेच्च अदालतमा पद तथा गोपनियताको शपथ लिएका हुन् । न्यायाधीशलाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको उपस्थितीमा मुख्य न्यायाधीशले शपथ गराएका थिए ।
उच्च अदालत विराटनगरमा सिफारिस अधिवक्ता अञ्जु उप्रेती ढकाललाई भने वैशाख ३ गते शपथ गराइने छ । अञ्जुलाई न्यायाधीश उमेशराज पौडेलको ठाउँमा नियुक्तिका लागि सिफारिस गरिएको हो । पौडेल वैशाख ३ बाट सेवा निवृत्त हुँदैछन् । सर्वाेच्चमा सिफारिस न्यायाधीशको भने संसदीय सुनुवाइपछि शपथ हुने छ । न्याय परिषद्ले चैत १९ गते सर्वाेच्चमा ५ र उच्च अदालतमा १८ न्यायाधीशको नाम सिफारिस गरेको थियो ।
प्रकाशित समय : ००:१७ बजे


















