गृहपृष्ठ इजरायली स्पेसक्राफ्ट चन्द्रमामा दुर्घटना
इजरायली स्पेसक्राफ्ट चन्द्रमामा दुर्घटना
चन्द्रमामा पठाइएको इजरायली स्पेसक्राफ्ट दुर्घटनामा परेको छ ।
मुख्य इन्जिन फेल भएका कारण बेरेसिट नामको स्पेसक्राफ्ट दुर्घटनामा परेको हो । स्पेसक्राफ्ट चन्द्रमाको सतहमा नै दुर्घटनामा परेको बताइएको छ । स्पेसक्राफ्ट पठाउने चौथो मुलुक बन्न लागेको इजरायल सफल भने हुन सकेन । यसअघि सोभियत संघ, अमेरिका र चीनले मात्रै चन्द्रमामा स्पेसक्राफ्टको सफल अवतरण गराएका थिए । स्पेसक्राफ्टको दृश्य हेरिरहेका इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एक पटक विफल भए पनि अर्को पटक प्रयास गर्नुपर्ने बताएको बीबीसीले जनाएको छ ।
सो स्पेसक्राफ्ट सात हप्ताको उडानपछि चन्द्रमामा पुगेको थियो । स्पेसक्राफ्टमा मानव भने नरहेको बताइएको छ ।
प्रकाशित समय : १६:३० बजे


















